• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख २०, शनिबार

21°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/Progress of PURPP( Pro-Poor Urban Regeneration Pilot Project)

Progress of PURPP( Pro-Poor Urban Regeneration Pilot Project)

३ जेष्ठ २०८१, बिहीबार

यो गरिब लक्षित सहरी पुनर्उत्थान नमुना कार्यक्रमJapanese Development Fundअन्तर्गत विश्व बैंक मार्फत ललितपुर महानगरपालिका तत्कालिन ललितपुर उपमहानगरपालिकाको लागि१६,१८, २१ र २२मा सञ्चालनमा रहेको छ । यो कार्यक्रम एउटा नमुना परियोजनाको रुपमा सञ्चालन भईरहेको छ, जसको उद्देश्य मूर्त एवं अमूर्त सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण सम्बर्द्धनको साथै सांस्कृतिक एवं हस्तकलाको ब्यवसायिक प्रबर्द्धन र सांस्कृतिक पर्यटनलाई विकास गरि सहरी गरिबीन्यनिकरण गर्ने रहेको छ ।

यस अन्तर्गत पुर्ण समुदायको सहाभागितामा एउटाCultural Heritage Walk- Patan DhokaदेखिPatan Durbar Squareसम्म तय गरिएको छ । यसको उद्देश्य पाटन दरबार क्षेत्र हेर्न आउने पर्यटकलाई पाटन हाताभित्र केहि समय ब्यतितगरुन् भन्ने नै हो । योCultural Heritage Walkमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले तीनवटाWindows को Conceptबाट कार्यक्रहरु सञ्चालनमा ल्याईएको छ ।

WINDOW 1अन्तर्गत पूर्वाधार निर्माण जस्तैSquare Pavement, Street Pavement, Solar Light Signageजस्ता कृयाकलापहरु छन् भनेWINDOW 2अन्तर्गतसमुदायमा आधारित बिकास कर्यक्रमहरु जस्तै लोप हुने स्थितिमा पुगेका मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदालाई ब्यूँत्याउन एवं नयाँ पुस्तामा हस्तान्तरण गराउने लक्ष्य राखिएको छ ।

त्यस्तैWINDOW 3अन्तर्गतब्यवसायिक विकासका प्रयासहरु जस्तै सांस्कृतिक सम्पदा अवलोकन गर्न आउने पर्यटकहरु मार्फत सहरी गरिब समुदयालाई आर्थिक लाभ गराउने उद्देश्यले सिप विकास, हस्तकला,मूर्तिकला,Tourist हरुलाई Information प्रदान गर्ने उद्देश्यले Auto Audio Tourist Guide, Websiteहरु विकास गर्ने लक्ष्य लिइएको छ ।

हाल सम्मको प्रगति हेर्दा प्रोजेक्टTargetहिसावले Participatory Action Planपहिचान गरिएकोमा७० प्रतिशत कार्यक्रमहरु Field Levelसंचालन गर्नु पर्नेमा आजको दिनमा७६ प्रतिशत कार्यक्रमहरु संचालनमा आइसकेको छ। विगतमा आइपरेका विभिन्न समस्याहरु जस्तै नेपाल सरकारबाट आयोजनाको MOU गर्नमा ढिलाई MOU गरेपनि नेपाल सरकारबाट बजेटको ब्यवस्थामा ढिलाई, लगायत महाभुकम्प एवं नाकाबन्दी र यसै साल ललितपुर उपमहानगरपालिकाबाट महानगरपालिकामा घोषणा भएपश्चातको घट्नाक्रमले प्रोजेक्टका निश्चित कार्यक्रमहरु कार्यन्वयनमा अवश्यनै ढिलाई भएको हो । तर हालको प्रगतिले विश्व बैंकबाट यसको निकै सराहना भएको छ ।

यो कार्यक्रमको लोकप्रियताको कुरा गर्ने हो भने WINDOW 1अन्तर्गत पुर्वाधार सम्बन्धिकार्यहरु सञ्चालन गर्न उपभोक्ता समूहहरु स्वतःस्फूर्त अगाडी आई यो सबै कार्यहरु उपभोक्ता समूहबाट सञ्चालनमा आएको छ भने WINDOW 2 एवं WINDOW 3 अन्तर्गत हामीले माग गरेको Call for Ideas/Project and Proposals  बाट Ideas एव‌ Proposals हरु प्राप्त भएको छ जसबाट पनि यो प्रोजेक्टको समुदाय स्तरमा यसको महत्वविशेष रहेको कुरा झल्किन्छ । हालसालै प्रोजेक्ट क्षेत्रमा भएको World Bank Country Director को Visit मा पनि नीजबाट हालको प्रोजेक्टको प्रगति प्रति खुशीब्यक्त गरिएको छ ।