• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख २०, शनिबार

21°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

२० चैत्र २०८०, मंगलवार

यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को प्रथम चौमासिक (श्रावण देखि कार्तिक सम्म) सामाजिक सुरक्षा भत्ता र भुकम्प राहत रकम रु.३०००/- कार्तिक १९ गते सम्म लिन छुट भएका लाभग्रहीहरुलाई सम्बन्धित बैंकहरुबाट पुनः यहि मंसिर २० गते सम्म वितरण गर्ने भएकोले सबैमा जानकारी गराइन्छ । साथै उक्त समयमा भत्ता लिन छुट भएमा भुकम्प राहत रकम रु.३०००/- पछि नपाईने समेत जानकारी गरिन्छ ।

सबैको जानकारीका लागि मंसिर २० गते सम्म पनि सामाजिक सुरक्षा भत्ता लिन छुट भएमा एक आर्थिक वर्षमा प्राप्त हुने नियमित भत्ता २०७३ असार सम्ममा एकमुष्‍ट लिन पनि पाईनेछ तर मात्र भुकम्प राहत रकम रु.३०००/- पछि प्राप्त हुने छैन । कारण भुकम्प राहत रकम रु.३०००/- नेपाल सरकारको कोषबाट आएको रकम होइन । यो दातृ निकाय UNICEF बाट प्राप्त भएको रकम हो । र दातृ निकायको पनि आफ्नै मान्यता भएका कारणले अलि असहज स्थिति सिर्जना भएको हो ।