• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख २०, शनिबार

21°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/ललितपुर महानगरपालिकाले सुरु गर्यो आपाङ्गता परिचयपत्र वितरण आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले सुरु गर्यो आपाङ्गता परिचयपत्र वितरण आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँदै ललितपुर महानगर

२२ चैत्र २०८०, बिहीबार

ललितपुर ः ललितपुर महानगरपालिकाले आपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले  अपाङ्गता भएकालाई परिचयपत्र दिएर यसको सुरुवात गर्नु भएको हो । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे । २०६० साल देखि यो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरुमार्फत गरिदै आएको थियो ।
परिचयपत्र वितरण कार्यक्रममा मन्तव्य राख्दै  मेयर चिरीबाबु महर्जनले आपाङ्गता भएका व्यक्तिहरुलाई महानगरले बार्षिक एकमुष्ठ पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभयो । उहाँले अपाङ्गता भएका 
व्यक्तिहरुको समस्याप्रति ललितपुर महानगर अत्यन्तै संवेदनशील भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी आपाङ्गता भएका व्यक्तिहरुको लागि आवतजावतमा सहजता ल्याउन आपाङ्गता मैत्री ट्याक्सी भित्रयाउने तयारीमा छौं । ’ उहाँेले महनगर कार्यालयलाई आपाङ्गता मैत्री बनाउन लिफ्ट जडानको कार्य अन्तिम चरणमा पुगेको जानकारी भयो । उहाँले महानगरभित्र बन्ने सबै कार्यालयहरु आपाङ्गता मैत्री हुने बताउनुभयो । 
परिचयपत्र वितरण समन्वय समितिको संयोजक तथा उपमेयर गीता सत्यालले यो परिचयपत्र वितरण कार्यक्रमले महानगरभित्र रहेका  आपाङ्गता भएकाहरुको एकीन तथ्याङ्क प्राप्त हुने वताउनुभयो । उहाँले भन्नुभयो ्, ‘यो तथ्याङ्क प्राप्त भएपछि महानगरलाई आपाङ्गता मैत्री कार्यक्रम ल्याउन र योजना बनाउन मद्दत पुग्ने छ । ’ उपमेयर सत्यालले महानगर आपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुप्रति गम्भीर र चिन्तनशील रहेको बताउनुभयो । 
देशमा संघीयता कार्यान्वयनसंगै अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यको जिम्मेवारी स्थानीय तहमा आएको हो । त्यही अनुरुप ललितपुर महानगरपालिकाले गएको पौषमा भएको तेस्रो नगरसभाबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सम्बन्धि कार्यविधि जारी गरेको थियो । सोही कार्यविधि अनुरुप महानगरले अपाङ्गता परिचयपत्र वितरण सुभारम्भ गरेको हो । असार २५ गतेबाट सुरु भएको यो परिचय पत्र वितरण कार्य प्रत्येक हप्ताको विहिबार हुने ललितपुर महानगरपालिकाले जनाएको छ । 
आपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कार्डलाई रातो, निलो, पहेलो र सेतो गरी आपाङ्गताको स्तरका आधारमा चार प्रकारमा वर्गीकरण गरिएको छ । शारिरीक, बौद्धिक लगायतका दश प्रकारका आपाङ्गता भएका व्यतिmहरुलाई उनीहरुको स्वास्थ्य परिक्षणका आधारका स्तरको वर्गीकरण गरिने व्यवस्था छ ।